कार्तिक १
मंगलबार इजरायलमा एक नेपालीको मृत्यु भएको छ । नवलपरासी जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर — १३ स्थायी ठेगाना भएका कुल बहादुर कार्कीको मंगलबार मृत्यु भएको हो । मृत्युको कारण भने खुलेको छैन । कोठामा कार्की मृत अवस्थामा भेटिएको हुँदा अनुसन्धान र पोष्टमार्टमको रिपोर्ट पछि मात्रै मृत्युको कारण खुल्ने छ ।

अहिले अनुसन्धान र पोष्टमार्टमका लागि डेथवडी इजरायलको तेलअभिवस्थित एक हस्पिटलमा राखिएको इजरायलस्थित नेपाली दुतावासका एक अधिकारीले जानकारी दिएको छ । मृतक कार्कीको डेथवडी पोष्टमार्टम गर्न र त्यसपछि नेपाल पठाउने प्रकृयामा दुतावासले समन्व गरिरहेको जनाएको छ । कार्की एक वर्ष अघि मात्र इजरायल गएका थिए ।

Facebook Comments