२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला २०८१ को तयारी तिव्र

दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला २०८१ को तयारी तिव्र

धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ सल्यान्टारमा हुने दोस्रो सल्यान्टार कृषि प्रर्दशनी तथा व्यापार मेला २०८१ को तयारी तिव्र पारिएको छ ।

'स्थानिय श्रोतको प्रर्बद्धन गरौं, देश विकासमा टेवा पुर्‍यौं' भन्ने मुल नारा सहित यहि कार्तिक २८ गतेदेखि मंसिर ८ गते सम्म हुने मेलाको तयारीलाई तिव्र पारिएको आयोजकले जनाएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारी संस्था लि.को आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका २ नम्बर वडा कार्यालयको प्रर्वद्धनमा मेला हुने भएको हो ।

मेलामा राष्टिय कलाकारहरु राजु परियार, पशुपती शर्मा, बद्री पंगेनी, रमेशराज भट्टराई, ज्योती मगर, एलिना चौहान, रामजी खाँड, रचना रिमाल, समिक्षा अधिकारी, दुर्गेश थापा, अर्जुन सापकोटा, रिता थापा मगर, देबराज आले मगर, सुरेश बाँनिया, कुमार रणपहेली, रिता कुमाल, आरती आले मगर, लगायत स्थानिय कलाकालरहरुको बेजोड प्रस्तुती रहने आयोजक संस्थाका संस्थापक सदस्य सुरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

साथै मेलाको अवसरमा महिलाहरुको डोरी तान्ने प्रतियोगीता तथा दोस्रो सल्यान्टार डान्स आईडल पनि हुँदैछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।