२०८३ कार्तिक २०, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध

भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध

भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवन कर्णाली याक्समा अनुबन्ध भएका छन् । हिमालयन विल्डर्स एन्ड इन्जियर्सको स्वामित्वमा रहेको कर्णालीले विश्व क्रिकेटकै चर्चित खेलाडी धवनलाई टोलीमा अनुबन्ध गरेको जनाएको छ । कर्णालीले भारतीय राष्ट्रिय टोलीबाट तीन वटै फर्म्याटको क्रिकेट खेलिसकेका धवनलाई अनुबन्ध गरेको हो । सम्झौतामा कर्णालीका मालिक झनकदत्त खनाल र खेलाडी धवनले हस्ताक्षर गरेका छन् । सम्झौता रकम भने खुलाइएको छैन ।

३८ वर्षीय बायाँ हाते ओपनर धनवले भारतसँगै आईपीएलको दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स, सनराइजर्स हैदरावाद र पञ्जाब किंंग्सबाट खेलेका छन् । उनले सन् २०१६ मा हैदरावादलाई आईपीएल जिताएका थिए । कर्णाली याक्समा अनुबन्ध भएका धवनले भारतका लागि ३२ टेष्टमा दुई हजार तीन सय १३ रन बनाएका छन् । एक सय ६७ एकदिवसीय खेलमा ६ हजार ७ सय ९३ रन बनाएका छन् ।

त्यस्तै,६८ टी–२० अन्तर्राष्ट्रिय खेलमा एक हजार ७ सय ५९ रन बनाएका छन् । धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सबाट खेल्न उत्साहित भएको बताएका छन् । ज्ञानेन्द्र मल्ल मुख्य प्रशिक्षक रहेको कर्णाली याक्सले चौथो विदेशी खेलाडी भित्राएको हो । यसअघि वेष्ट इन्डिजका चादविक एन्टोनिओ किर्कपाट्रिक वाल्टन, पाकिस्तानका अलराउन्डर मोहम्मद हुसैन तलात र हङकङका बाबर हायतले एनपीएल खेल्ने पक्का भइसकेको छ ।

टिमको मार्की खेलाडीमा राष्ट्रिय टोलीका बलर सोमपाल कामी छन् । एनपीएल क्रिकेट प्रतियोगिता आउँदो मङ्सिर १५ देखि पुस ६ सम्म हुँदैछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।