
असोज १९,काठमाडौ
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक तीन दिनका लागि सारिएको छ । नेपाली कांग्रेसले पार्टीको संशोधित विधान र समसामयिक विषयमा छलफल गर्नका लागि भन्दै शुक्रबारको लागि बैठक बोलाएकोमा विशेष कारणवश बैठक असोज २२ गते सोमबार दिँउसो १ बजेसम्मका लागि सारिएको कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेसले विधान संशोधनका लागि प्रदेशबाट आएका सुझाव र पछिल्लो समयमा मुलुकमा देखिएको राजनीतिक घटनाक्रमका बारेमा छलफलका लागि बैठक बोलाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । पछिल्लो समय सरकारको काम कारबाहि प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले असन्तुष्टि जनाउँदै आएको छ । काङ्ग्रेसले सोमबार हुने बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यलाई उपस्थितीका लागि जानकारी गराएको छ ।