बहुचर्चित लोक दोहोरी गायक अमृत सापकोटाको पछिल्लो सांगेतिक कोसेली ‘यो ओठमा तिम्रै छ नाम खाली’ बोलको गीत सार्वजनिक भएको छ ।

गायक अमृत सापकोटाको आफ्नै यूटुब च्यानल मार्फत सार्वजनिक भएको उक्त गीतले यो समाचार तयार पार्दा सम्म दुई लाख ३३ हजार भ्यूज बटुलीसकेको छ । सार्वजनिक भएको २ दिन दिनमै यो गीतले टिकटक र यूटुबको रिल्समा पकड जमाएको छ । यहि रफ्तारमा गीतको भ्यूज जाने हो भने टिकटक र यूटुबको ट्रेण्डीङमा जाने पक्का पक्की छ ।

गायक अमृत सापकोटा र शान्ती श्री परियारको आवाजमा सजिएको उक्त गीतमा रमेश परियारको शब्द संगीत रहेको छ । गीतमा अहिलेका चर्चित मोडल जुना विश्वकर्मा, सुन्दर घलान र कमला घिमिरेको अभिनय देख्न सकिन्छ । केहि समयदेखि अष्ट्रेलियामा बस्दै आउनुभएका अमृत सापकोटाले त्यहाँ रहेर पनि आफ्नो सांगेतिक यात्रालाई निरन्तरता दिईरहनुभएको छ ।

भिडियो हेर्नुहोस् :

Facebook Comments