२०८३ कार्तिक २०, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

पुरुष १९ वर्षमुनिको एशिया कपमा नेपालले आज बङ्गलादेशसँग खेल्दै

एसीसी पुरुष १९ वर्षमुनिको एशिया कपको आफ्नो दोश्रो खेलमा नेपालले आज साविक विजेता बङ्गलादेशसँग खेल्दैछ । यूएईको दुबई क्रिकेट स्टेडियममा यो खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे शुरू हुने छ । यसअघि अस्ति शुक्रवार नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रनले पराजित भएको थियो ।

अहिलेसम्म आठ पटक एशिया कप खेलिसकेको नेपाल भने एक पटक मात्र सन् २०१७ मा प्रतियोगिताको सेमिफाइनलसम्म पुगेको थियो । यसैबीच आज हुने अर्को खेलमा अफगानिस्तान र श्रीलङ्काका युवा टोलीले खेल्दैछन् ।

प्रतियोगितामा एशियाका आठ देश सहभागी छन् । नेपाल रहेको समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूह ‘ए’ मा भारत, पाकिस्तान, जापान र यूएई छन् । नेपालले आफ्नो तेस्रो खेल मङ्सिर १८ गते अफगानिस्तानसँग खेल्ने छ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।