
राष्ट्रिय नीजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल धादिङ जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय ‘स्पेलिङ कन्टेस्ट’ सम्पन्न भएको छ ।
धादिङ जिल्लाको ग्रामीण भेगमा रहेका नेशनल प्याब्सनमा आबद्ध बिद्यालयको प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरु सम्लग्न प्रतियोगितामा महाभिर चुली कटुन्जे बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै नेचर स्माइल एकेडेमीले दितिय स्थान र गोल्डेन फ्युचर एकेडेमी मैदीले तृतीय स्थान हासिल गर्न सफल भएको नेशनल प्याब्सन धादिङका सचीव विजय खतिवडाले बताउनु भयो ।
नेशनल प्याब्सन धादिङले विद्यार्थीहरुको अन्तर्निहित क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको नेशनल प्याब्सन धादिङ्का अध्यक्ष प्रयास रेग्मीले बताउनु भयो ।