२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङमा जिल्ला स्तरीय 'स्पेलिङ कन्टेस्ट' सम्पन्न

धादिङमा जिल्ला स्तरीय 'स्पेलिङ कन्टेस्ट' सम्पन्न

राष्ट्रिय नीजी तथा आवासीय बिद्यालय एसोसिएसन नेपाल धादिङ जिल्ला कमिटीको आयोजनामा जिल्ला स्तरीय 'स्पेलिङ कन्टेस्ट' सम्पन्न भएको छ ।

धादिङ जिल्लाको ग्रामीण भेगमा रहेका नेशनल प्याब्सनमा आबद्ध बिद्यालयको प्राथमिक तहमा अध्ययनरत बालबालिकाहरु सम्लग्न प्रतियोगितामा महाभिर चुली कटुन्जे बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ । त्यस्तै नेचर स्माइल एकेडेमीले दितिय स्थान र गोल्डेन फ्युचर एकेडेमी मैदीले तृतीय स्थान हासिल गर्न सफल भएको नेशनल प्याब्सन धादिङका सचीव विजय खतिवडाले बताउनु भयो ।

नेशनल प्याब्सन धादिङले विद्यार्थीहरुको अन्तर्निहित क्षमता उजागर गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको नेशनल प्याब्सन धादिङ्का अध्यक्ष प्रयास रेग्मीले बताउनु भयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।