असोज २१ ।
युवाहरुलाई िसर्जनात्मक र आयमुलक काममा लगाउनु पर्ने नेत्रावती डबजोङ गाउँपालिकाकामा आयोजित एक कार्यक्रमका सहभागिहरुले बताएका छन् । स्थानीय तहमा शान्ति र विकासका लागि युवा जागरण अभियान कार्यक्रमका सहभागिहरुले अब स्थानीय सरकारले युवा लक्षित कार्यक्रम सञ्चालन गर्नु पर्नेमा जोड पनि दिएका छन् ।
कार्यक्रममा प्रमुख जिल्लन अधिकारी भागिरथ पाण्डेयले युवा शक्ति राष्ट्र निर्माणका प्रमुख खम्बा भएको बताउनुभयो । युवा शक्तिलाई सहि ढंगले पिरचालन गर्न सके मुलुकको समृद्धि टाढा नरहेको बताउनुभयो । त्सैगरी प्रहरी उपरिक्षक डम्बर बहादुर विकले श्रोत साधनले सम्पन्न जिल्ला भएरपनि युवाहरु विदेश जानू र गलत क्रियाकलापमा लाग्नु लज्जा जनक भएको धारणा राख्नु भयो । लागू पदार्थको दुर्व्यसनीमा युवाहरु लाग्नु दुखद भएको बताउदै विकले स्थानीय सरकारले लागू पदार्थ नियन्त्रणका योजना कार्यान्वयन गर्नु पर्नेमा पनि जोड दिनुभयो ।
नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष दुर्ग कुमार शाक्यको अध्यक्षतामा भएको कार्यक्रममा सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरिक्षक दर्शन गिरि, प्रमुख अनुसन्धान अधिकृत सुदिप अधिकारी, जिल्ला समन्वय समितिका अधिकृत विनोद अर्याल, नेपाल पत्रकार महासंघ धादिङका सचिव एवं रेडियो धादिङका स्टेसन म्यानेजर राजाराम शर्माले शान्ति र विकासको लागि युवाहरुको भुमिकाका बारे
