असोज २१,काठमाडौ
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक आज बस्दैछ छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच बिहिबार बालुवाटारमा भएको छलफलपछि आज सचिवालय बैठक बस्ने निर्णय गरेको थियो । पार्टीको सबैभन्दा माथिल्लो निकाय सचिवालयमा दुई अध्यक्षसहित ९ सदस्यीय सचिवालय रहेको छ । पार्टी एकता पश्चात तल्लो तहसम्मको पार्टी संगठन एकिकरण टुङग्याउने, सरकार सञ्चालनमा देखिएका कमि कमजोरी पत्तालगाउने लगायत समसामयिक विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको हो । साथै पछिल्लो समय नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टी संगठन निर्माण र सरकारका गतिविधिबारे लिखित रुपमा असन्तुष्टि र विरोध जनाएका छन् । पार्टीको आन्तरीक समस्या समाधान गर्न पनि सचिवालयको बैठक आह्वान गरिएको नेकपाका महासचिव विस्नु पौडेलले जानकारी दिनुभयो ।

Facebook Comments