नयाँ लोकदोहोरी गीत ‘मलाई ओके छ’ सार्वजनिक भएको छ। गायक सरोज लामिछाने र गायिका शान्तिला सुब्बाको स्वरमा सजिएको  गीत सरोज लामिछानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतको रचना र संगीत स्वयं गायक लामिछानेले गर्नुभएको हो भने भिडियोमा पारस बास्ताकोटी र ज्योति खड्काको अभिनय रहेको छ । मायालु भाव, समर्पण र नेपाली सांस्कृतिक झल्कोलाई समेटेको यो गीतलाई यो समाचार तयार पार्दा सम्म १६ हजार भन्दा बढि दर्शकले हेरिसकेका छन् ।

विष्णु तामाङले संगीत संयोजन गर्नुभएको  गीतको भिडियो निर्देशन र कोरियोग्राफी पारस बास्ताकोटीको रहेको छ, जसमा बास्ताकोटीले ज्योति खड्कासँग अभिनय पनि गर्नुभएको छ।

 

Facebook Comments