२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नयाँ लोकदोहोरी गीत ‘मलाई ओके छ’ सार्वजनिक (भिडियो)

नयाँ लोकदोहोरी गीत ‘मलाई ओके छ’ सार्वजनिक (भिडियो)

नयाँ लोकदोहोरी गीत ‘मलाई ओके छ’ सार्वजनिक भएको छ। गायक सरोज लामिछाने र गायिका शान्तिला सुब्बाको स्वरमा सजिएको गीत सरोज लामिछानेको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो।

गीतको रचना र संगीत स्वयं गायक लामिछानेले गर्नुभएको हो भने भिडियोमा पारस बास्ताकोटी र ज्योति खड्काको अभिनय रहेको छ । मायालु भाव, समर्पण र नेपाली सांस्कृतिक झल्कोलाई समेटेको यो गीतलाई यो समाचार तयार पार्दा सम्म १६ हजार भन्दा बढि दर्शकले हेरिसकेका छन् ।

विष्णु तामाङले संगीत संयोजन गर्नुभएको गीतको भिडियो निर्देशन र कोरियोग्राफी पारस बास्ताकोटीको रहेको छ, जसमा बास्ताकोटीले ज्योति खड्कासँग अभिनय पनि गर्नुभएको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।