२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आफ्नै भतिजले खुकुरी प्रहार गर्दा काका गम्भीर घाईते

आफ्नै भतिजले खुकुरी प्रहार गर्दा काका गम्भीर घाईते

धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ निगालपानीमा आफ्नै भतिजले खुकुरी प्रहार गर्दा काका गम्भीर घाईते भएका छन् ।

विहिबार दिउँसो १ बजे ६० वर्षिय भतिज बाबुकाजी लम्सालले खुकुरी प्रहार गर्दा ८८ वर्षिय काका जगन्नाथ लम्साल गम्भीर घाईते हुनुभएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक एवंम सूचना अधिकारी सुवास हमालले जानकारी दिनुभयो ।

गम्भीर घाईते लम्सलाई थप उपचारको लागि नेपाल आर्मीको हेलिकप्टरबाट शिक्षण अस्पताल काठमाण्डौं पठाईएको प्रहरी नायव उपरिक्षक हमालले बताउनुभयो । खुकुरी प्रहार गर्ने बाबुकाजी लम्साल प्रहरीको नियन्त्रणमा रहेको छ भने थप अनुसन्धान भईरहेको छ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।