धादिङको रुवी भ्याली गाउँपालिका वडा नम्बर ४ का कंराते खेलाडी युनिक तामाङ १९ औं राष्ट्रिय कराँते प्रतियोगीतामा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ ।

भारतको अमृतसार स्थित धर्मसभा कपुरथलामा जुलाई २६ र २७ मा हुने कंराते प्रतियोगीतामा सहभागी हुन तामाङ भारत प्रस्थान गर्नुभएको हो ।

कंराते खेलाडी तामाङ र प्रशिक्षक शक्ती तामाङलाई आज एक कार्यक्रमका विच विदाई गरिएको हो ।

Facebook Comments