२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सरकारलाइ दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

सरकारलाइ दिएको समर्थन फिर्ता लिने राजपाको चेतावनी

असोज २३,काठमाडौ
राष्ट्रिय जनता पार्टी (राजपाले) प्रधानमन्त्री केपि शर्मा ओलि समक्ष सरकारलाई दिएको समर्थन आगामी छठपछि कुनै पनि बेला फिर्ता लिनसक्ने चेतावनी दिएको छ । हिजो प्रधानपन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै राजपाले प्रधानमन्त्रीले निर्वाचनका बेला गरिएको तीनबुँंदे सहमति कार्यान्वयन नभएको र कैलाली क्षेत्र १ का सांसद रेशम चौधरीको शपथ, मधेस आन्दोलनकारीविरुद्धका झूटा मुद्दा फिर्ता, बन्दी रिहाईलगायत राजनीतिक र जनजीवनसँग जोडिएका मुद्दाका साथै संविधान संशोधनलाई गम्भीरतापूर्वक नलिएको आरोप सरकारमाथि लगाएको छ । तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाए राजपा समर्थन फिर्ता लिन बाध्य हुने चेतावनी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्रमा एक पटक फेरि यो देश संघर्ष र आन्दोलनको बाटोमा धकेलिन बाध्य नहोस त्यस्तो भए त्यसको सम्पूर्ण जिम्मेवार वर्तमान सरकारले लिनुपर्ने भनिएको छ ।
त्यतिमात्र होइन ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारामा मात्र सरकारलाई सीमित गराउँदै यो सरकारले सिंगो देशले दुई तिहाइको सरकारसँग गरेको अपेक्षा अनुसार परिणाममुखि काम गर्न नसकेको समेत पत्रमा उल्लेख गरिएको छ ।

राजपाका नेताहरूसँगको भेटमा प्रधानमन्त्री केपी ओलीले राजपासँग गरिएको तीनबुँदे सम्झौताको कार्यन्वयन छिट्टै गरिने बताउनुभयो । साथै प्रधानमन्त्री ओलिले आफूलाई कसैले पनि नटेरेको गुनासो गर्नुभएको छ । उहाँका अनुसार ‘अदालत, प्रशासन, सुरक्षा निकायलगायत कसैले पनि सहयोग नगरेको कारण जनअपेक्षा अनुसार काम नभएको बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।