तीज पर्वको अवसर पारेर लायन्स क्लब अफ काठमाडांै सूर्यमुखीले निःशुल्क स्वास्थ्य परीक्षण तथा जलपान वितरण गरेको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्बर १२ मा रहेको पशुपति मन्दिरमा आउनुभएका भक्तजनहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य परिक्षण तथा जलपान वितरण गरिएको लायन्स क्लब अफ काठमाडांै सूर्यमुखीका अध्यक्ष विक्रम बिकले बताउनुभयो । निःशुल्क स्वास्थ्य परीक्षणमा धादिङ अस्पतालमा कार्यरत मेडिकल अधिकृत डा.अशोक छत्कुली र निमित्त नर्सिङ प्रमुख एस्तर तामाङले १०५ जनालाई प्रेसर, ज्वरो, अक्सिजन लेबल, वेट, मुटुको धड्कन परीक्षण, घाउ चोट पटकको सामान्य ड्रेसिङ सेवा तथा चिकित्सकिय परामर्श सेवा दिएको क्लबका अध्यक्ष विश्वकर्माले जानकारी दिनुभयो । स्वास्थ्य परीक्षण सङ्गै बिरामीको आवश्यकता बमोजिम जीबन जल, ज्वरो, ग्यास्ट्राइटिस, दुखाई लागतको औषधी समेत वितरण गरिएको थियो ।

आमा, दिदि, बहिनीहरुलाई हरितालिका तीजको अवसरमा क्लबको तर्फबाट हार्दिक शुभकामना व्यक्त गर्दै तीजलाई अझै रमाइलो र सहज बनाउन स्वास्थ्य परिक्षण तथा जलपान वितरण गरिएको अध्यक्ष बिकको भनाई छ । कार्यक्रम पश्चात लायन्स क्लब अफ सूर्यमुखीका निवर्तमान अध्यक्ष तथा जोन चिएर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर), क्लबका अध्यक्ष विक्रम विश्वकर्मा, क्लबका प्रथम उपाध्यक्ष राजाराम रिजाल तथा पशुपति मन्दिर व्यवस्थापन समिति र पशुपति टोल विकास संस्थाका पदाधिकारीहरुले संयुक्त रुपमा मन्दिर परिसरको सरसफाई समेत गरिएको थियो ।

कार्यक्रममा लायन्स अन्तराष्ट्रिय ३२५ आई नेपाल रिजन ५ का रिजन चियर पर्सन कृष्ण बहादुर पौडेलको प्रमुख आतिथ्यता, जोन १२ का जोन चियर पर्सन कृष्ण प्रसाद ढकाल (शिशिर) को विशेष आतिथ्यता र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारी, लायन्स क्लब अफ धादिङ भैरवीका अध्यक्ष बद्री अधिकारी, नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठको आतिथ्यता रहेको थियो ।

Facebook Comments