२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भुटानलाइ ३३ रनमा रोक्दै नेपाल ११७ रनले विजयी

भुटानलाइ ३३ रनमा रोक्दै नेपाल ११७ रनले विजयी

असोज २३, काठमाडौ
मलेसियामा जारी आइसिसी विश्व टी–२० क्रिकेटअन्तर्गत एसिया छनोट समूह ‘बी’ को चौथो खेलमा नेपालले भुटानलाई ३३ रनमा रोक्दै ११७ रनको फराकिलो अन्तरले हराएको छ । नेपाल पहिले ब्याटिङ गर्दै दिएको १५१ रनको लक्ष्य पछ्याएको भुटान १६.४ ओभरमा ३३ रनमा समेटियो । भुटानलाई सस्तैमा समेट्न नेपालका सन्दिप लामिछाने, ललितनारायण राजबंशी र बसन्त रेग्मीले ३÷३ विकेट लिए । दीपेन्द्र सिंह ऐरी र शरद भेसवाकरको नाममा १÷१ विकेट रह्यो । ४ ओभर बलिङ गरेका ललितले २ मेडन खेल्दै ४ रन खर्चिए भने सन्दिपले २ मेडन राख्दै ६ रन खर्चिए । ४ ओभर बलिङ गरेका बसन्त रेग्मीले १ मेडनसहित ७ रन खर्चिएर २ विकेट लिए । ४ ओभर बलिङ गरेका दीपेन्द्रले १३ रन खर्चिए । यस्तै ०.४ ओभर बलिङ गरेका शरद भेसवाकरले १ विकेट लिए । भुटानका लागि तेन्जिङ वाङचुकले सर्वा्धिक ११ रन बनाए । बाँकी भुटानका कुनै पनि खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेन । यअसघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउँदै १५० रन बनाएको थियो । नेपालका लागि प्रदीप ऐरीले अर्धसतकीय पारी खेले । ६८ बलमा ऐरीले २ छक्का र ६ चौकासहित ७५ रनमा नटआउट रहे । अनिल शाहले २७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले १५ तथा आरिफ शेखले १३ रन जोडे । करण केसीले ५ बलमा ११ रन जोडे । यसअघि नेपालले म्यान्मार, आयोजक मलेसिया र थाइल्याण्डलाई पराजित गरिसकेको छ ।

असोज २६ गतेसम्म मलेसियामा हुने प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेसिया, भूटान, चीन, म्यान्मार थाइल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतिस्पर्धाबाट शीर्ष तीन टोली दोस्रो चरणको छनोटमा छानिनेछन् । सन् २०२० मा अस्ट्रेलियामा हुने टी २० विश्वकप छनोटको लक्ष्यमा रहेका ६२ देशहरू यतिबेला विभिन्न छनोट चरण खेलिरहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।