असोज २४ ।
धादिङको नेत्रावती डपजोङ गाउँपालिकाको मार्पाकमा ‘दोस्रो नेत्रावती डपजोङ कप’ फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । प्रतियोगिताका लागि१० वटा टिम दर्ता भएको आयोजकले जानकारी दिएको छ ।

प्रतियोगिताको लागि टिम दर्ताको समय मंगलबार सम्म भनिएपनि आज (बुधबार) बिहान ९ बजेभित्रमा अन्य इच्छुक टिमले पनि दर्ता गराउन सकिने आयोजकले जनाएको छ । प्रतियोगिता आज (बुधबार) बिहान ११ बजेबाट सुरु हुने बताइएको छ । मार्पाक सामुदायिक क्लबको आयोजना, सुकेल छार युवा क्लब, पोल्चेत युवा क्लब, लामिडाडा युवा समाज, थला जनचेतना युवा समाजको सह आयोजना, नेत्रावती डपजोङ्ग गाउँपालिकाको कार्यालयको सहकार्य तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा प्रतियोगीता हुन लागेको हो ।

प्रतियोगीतामा प्रथम हुने टिमलाई ६६ हजार ६ सय ६६, दोस्रो हुनेलाई ३३ हजार ३ सय ३३ नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।यस्तै प्रतियोगीमध्येबाट म्यान अफ द म्याच ट्रफी, उत्कृष्ट ६ खेलाडीलाई बेष्ट प्लेयर ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने समेत बताइएको छ । प्रतियोगिता असोज ३० सम्म चल्नेछ । यस्तै प्रतियोगिताको अन्तिम दिन दशैको शुभकामना आदानप्रदानसँगै विविध साँस्कृतिक कार्यक्रम समेत हुने आयोजकले जानकारी दिएको छ ।

Facebook Comments