असोज २४,धादिङ
नेपाल सरकारको निति तथा कार्यक्रम अनुसार प्रत्येक स्थानिय तहमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद ९ऋत्भ्ख्त्० मान्यता प्राप्त प्राविधिक शिक्षालय स्थापना गर्ने कार्यक्रम सुरु भएको छ । यहि कार्यक्रम अन्र्तगत धादिङ जिल्लाको ज्वालामुखि गाउँपालिका वडा नम्बर ५ घलेडाँडा, खरीमा रहेको अन्नपूर्ण मा.वि.मा पशु विज्ञान कार्यक्रमको हिजो एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ । जिल्लामा प्राविधिक शिक्षाको बढ्दो माग र आवश्यकतालाइ ध्यान दिदै, प्राविधिक र दक्ष जनशक्ति उत्पादनको लागि यो कार्यक्रम संचालन गरिएको विद्यालयले जनाएको छ । प्राविधिक विद्यालय उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो भने CTEVT का अधिकृत डाकुरनाथ पराजुलिको विशेष आतिथ्यता रहेको थियो । साथै ज्वालामुखि गाँउपालिका प्रमुख विनोद तिमिलसिना, उप–प्रमुख जानुका सिंखडा, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, शिक्षक, समाजसेवि ,वुद्धिजिवि, विभिन्न राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । यस पशु विज्ञान कार्यक्रम संचालनको लागि स्थानीय ज्वालमुखि गाउँपालिकाले यस चालु आ.व.मा रु.२५ लाख रुपैंया र वडा नम्बर ५ ले रु.८ लाख रुपैंया बराबरको बजेट विनियोजन गरेका छन् । CTEVT ले प्राविधिक शिक्षाका लागि १० कोठे भवन निर्माणका साथै नगद सहयोग गर्ने कार्यक्रमका विशेष अतिथि डाकुरनाथ पराजुलिले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । ऋत्भ्ख्त् को १८ महिने सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा कार्यक्रम अन्र्तगत संचालित  TSLC  तहको कार्यक्रम हो । यस कार्यक्रम अन्र्तगत यस वर्ष ४० जना विद्यार्थीहरु सहभागी रहेका छन् । पशु विज्ञान TSLC कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुको विशेष साँस्कृतिक प्रस्तुति रहेको शिक्षक बाबु आले मगरले जानकारी दिनुभयो ।

Facebook Comments