
असोज २४, धादिङ
नीलकण्ठ नगरपालिका वडा नम्बर १० को थुम्की भन्ने स्थानमा आज दिउँसो बस दुर्घटना परि ८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । धादिङबाट आरुघाट तर्फ जाँदै गरेको ना.४ ख ५६३९ नम्बरको बस दुर्घटना भएको हो । दुर्घटनामा परि बसमा सवार घाइते भएकाहरु मध्ये ३ जनालाइ उपचारको लागि जिल्ला सदरमुकाम धादिङबेसि ल्याउँदै गरेको स्थानियहरुले जानकारी दिएको छ । बस सडकमानै पल्टिएकोले क्षति कम हुन सक्ने अनुमान गरिएको छ । घाइतेहरुको संख्या एकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । साथै दुर्घटना स्थलमा उद्धारको लागि सदरमुकाम धादिङबेसिबाट प्रहरी टोलि र दुईवटा एम्बुलेन्स गएको छ ।
