
असोज २५, धादिङ
जिल्ला प्रहरी कार्यालय धादिङले आफ्नो ६३ औं प्रहरी दिवस आज एक कार्यक्रम सहित मनाएको छ । नेपाल प्रहरीले प्रत्येक वर्ष आफ्नो कर्तव्य पालनाको शिलशिलामा ज्यान गुमाएका अम्मर प्रहरीको सम्झनामा यो दिवस मनाउने गर्दछ । २०१२ सालमा स्थापना भएको यस प्रहरी संगठनले विशेष गरि अपराध अनुसन्धान , नियन्त्रण ,शान्ति सुरक्षा कायम गर्दै आम नेपाली जनताको मानव अधिकार रक्षाको निम्ती काम गर्दै आइरहेको छ । नेपाल प्रहरीलाइ विश्वमा अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने विभिन्न संगठनहरु मध्यको एक अव्वलक संगठनको रुपमा लिने गरिन्छ । ६३ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले नव निर्मित अम्मर प्रहरी स्मारकको पनि उद्घाटन गरेको छ । जिल्लामा कर्तव्य पालनाको शिलशिलामा हालसम्म मृत्यु भएका १० जना प्रहरीको सम्झनामा निर्माण गरिएको स्मारकको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिती धादिङका सभापति जग्गनाथ नेपाल विशिष्ट अतिथि जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख भागीरथ पण्डेले गर्नुभएको थियो । साथै स्मारक निर्माणमा सहयोग गर्ने स्थानिय निकाय, गैह्र सरकारी संघ–संस्था र व्यक्तिहरुलाइ सम्मान गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी डम्बर बहादुर विकले प्रहरी दिवसको अवसरमा प्रहरी महानिरिक्षक सवेन्द्र खनालले पठाउनु भएको सन्देश बाचन गरि कार्यक्रममा सहाभगीहरुलाइ सुनाउनुभएको थियो । साथै प्रहरी प्रमुख विकले जिल्ला प्रहरी कार्यालय धादिङले अपराध अनुसन्धान, नियन्त्रण र शान्ति सुरक्षा कायम गर्नको निम्ति सक्रियताका साथ काम गरिरहेको बताउनुभयो । प्रहरी दिवस समारोहमा उपस्थित मानिसहरुले कर्तव्य पालनाको शिलशिलामा ज्यान गुमाउने सम्पूर्ण अम्मर प्रहरीहरु प्रति हार्दिक श्रद्धासुमन व्यत गरेको थियो ।