काठमाडौं – भुकम्पले क्षतिग्रस्त बनाएको लाङटाङ क्षेत्रको पदमार्ग मर्मत तथा पूल निर्माण निर्माणको काम सम्पन्न भएको छ ।
ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल ‘टान’ ले भूकम्पले क्षतिग्रस्त बनाएको लाङटाङ क्षेत्रको पदमार्ग मर्मत तथा पूल निर्माणको काम सम्पन्न गरेको जानकारी गराएको हो ।
मंगलकार काठमाडौंमा पत्रकार सम्मेलन गरी ‘टान’का मिडिया संयोजक सुर्यबहादुर घिमिरेले पदमार्ग मर्मत तथा पुल निर्माणको काम सम्पन्न भएको जानकारी गराएको थियो । लाङटाङ क्षेत्रको पदमार्ग मर्मत तथा पुल निर्माणको काममा १ करोड २७ लाख रुपैयाँ खर्च भएको टानले जनाएको छ । मिडिया संयोजक घिमिरेले पदमार्ग मर्मत र पुल निर्माणको काम सम्पन्न भएपनि त्यसको दिगो संरक्षण गर्ने काम भने स्थानीयको भएको पनि स्पष्ट पारे ।
‘टान’ लाई लाङटाङ क्षेत्र पदमार्ग मर्मत तथा पूल निर्माणका लागि जर्मनस्थित अल्पाईन क्लवले आर्थिक सहयोग उपलब्ध गराएको थियो ।