
धादिङका हरि सुनारले ज्योति फिल्म सर्वोत्कृष्ट लोक गायक अवार्ड प्राप्त गर्नुभएकाे छ ।
गायक सुनारको स्वरमा बजारमा ल्याइएको गीत ‘लाहुरेकाे साथैमा’ बोलको गीत लाेकगीततर्फ सर्वाेत्कृष्ठ भएकाे हाे । ज्योति फिल्म्स् प्रोडक्सनले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रमकाबीच सुनारलाई अवार्ड दिइएको थियाे ।
गीत र कलाकारको प्रोत्साहनका लागि यो अवार्डको आयोजना गरिएको ज्योति फिल्म्स् प्रोडक्सनले जनाएको छ । अवार्ड हात पारेसंगै आफ्नो मिहेनत र कलाको सम्मान भएको अनुभूति आफूलाई भएको गायक सुनारले बताउनु भयाे ।
उहाँले भन्नुभयाे, ‘आफूले गरेको मेहनतबाटनै आज म यहाँसम्म आइपुगेको छु । आफ्नो कलाको सम्मानस्वरुप अवार्ड पाउँदा निकै खुसी भएको छु ।’ गायक सुनारको ‘झमझम पानी परेको रात’ भन्ने बोलको गीत दर्शक/स्रोताले अत्याधिक रुचाईएको गीत हो ।