२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नवलपरासीको बाहुने कुनामा बस दुर्घटना हुँदा ५ जनाको मृत्यु

कात्तिक ४ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ वाहुनेकुनामाबस दुर्घटना हुँदापाँचजनाको मृत्यु भएको छ ५८ जना घाइते भएका छन् ।

ईटहरीबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस आज बिहान ५ बजे अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।

बसमा क्षमता भन्दा बढि यात्रु सवार रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बसमा सवार पाँच जनाको घटना स्थलमै मृत्यु भएको र सनाखतहुने क्रमजारी रहेको सई शिवरामपन्तले जानकारी दिनुभयो ।

घटनामा परि घाइते भएका मध्ये ४२ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ भने सामान्य घाइते १६ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।