कात्तिक ४ ।
पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ वाहुनेकुनामाबस दुर्घटना हुँदापाँचजनाको मृत्यु भएको छ ५८ जना घाइते भएका छन् ।
ईटहरीबाट भैरहवा जाँदै गरेको लु १ ख ८४५४ नम्बरको बस आज बिहान ५ बजे अनियन्त्रित भई सडकबाट करीब ५० मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पुर्वले जनाएको छ ।
बसमा क्षमता भन्दा बढि यात्रु सवार रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ । बसमा सवार पाँच जनाको घटना स्थलमै मृत्यु भएको र सनाखतहुने क्रमजारी रहेको सई शिवरामपन्तले जानकारी दिनुभयो ।
घटनामा परि घाइते भएका मध्ये ४२ जनाको अवस्था गम्भिर रहेको र उनीहरुलाई थप उपचारका लागि चितवनको भरतपुर अस्पताल पठाइएको छ भने सामान्य घाइते १६ जनाको स्थानीय अस्पतालमा उपचार भईरहेको उहाँले बताउनुभयो ।