कात्तिक ५, धादिङ ।

पृथ्वीराजमार्ग अन्तरगत धादिङको नौबिसेमा आइतबार गुड्दा गुड्दै मोटरसाइकलमा आगलागी भएको छ ।

घटनामा जनधनको क्षति भने हुन पाएन । आइतबार दिउँसो धादिङको गजुरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा २२ प ५५३८ नम्बरको बााइक धुनिबेसी नगरपालिका वडा नम्बर ८ बाहुनडाँडामा एक्कासी आगलागी भएको हो । चलिरहेकै अवस्थामा बाकइमा आगो लागेको थाहा पाएपछि चालक जयराम तामाङ मोटरसाइकल बाटोमै रोकेर भागेका थिए ।

Facebook Comments