कात्तिक ६ ।
नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिगमा खेल्नुहुने भएको छ ।

१८ वर्षीय क्रिकेटर लामिछानेले दुई सत्रमा रहेर बिग बास लिग (बिबिएल) मा सहभागिता जनाउने निश्चित भएको छ । मेलबर्न स्टार्ससँग आबद्ध भएका लामिछानेले पहिलो सत्रमा आगामी डिसेम्बर १० मा मेलवर्न टिममा सहभागी हुने जनाइएको छ ।

सिजनकै दौरानमा बंगलादेश प्रिमियर लिग (बिपिएल) मा सहभागी हुन उहाँ जनवरी ५ मा बंगलादेश फर्किने र बीपीएलको समाप्तीपछि फेरि अष्ट्रेलिया फर्किनुहुने छ । बीबीएलमा सन्दिपको पारिश्रमिकका विषयमा भने अझैँ टुङ्गो लागेको छैन । सन्दीपले ६० हजार डलरसम्म पाउनसक्ने बताइएको छ ।

Facebook Comments