२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जुम्लामा जीप खस्दा एकै परिवारका तीनको मृत्यु, चार घाइते

जुम्लामा जीप खस्दा एकै परिवारका  तीनको मृत्यु, चार घाइते

कार्तिक ७ ।

जुम्लाको गमगढी राजमार्गमा जीप खस्दा ३ जनाको मृत्यु भएको छ ।

भे १ ज ८६५ नम्बरको जीप हिमा गाउँपालिका बड्की पागरपाली भन्ने स्थानमा राजमार्गबाट जीप खस्दा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक सिताराम रिजालले जानकारी दिनुभयो ।

मृत्यु हुनेमा एकै परिवारका ३ जना रहेका छन् । तिला गाउँपालिका वडा नम्बर ३ का २५ वर्षीय लाल सार्की, उहाँकी श्रीमती जानकी सार्की र ८ महिनाकी छोरी महिमा सार्कीको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ४ जना घाइतेसमेत भएको खबर आएको छ । यसैगरी घाईतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।