
उत्तरी धादिङको रुवी भ्याली गाउँपालिका–३, सेर्तुङका प्रज्वल तामाङले जर्मनीको एक प्रतिष्ठित विश्वविद्यालयबाट साइबर सुरक्षा, डिजिटल सुरक्षा तथा सूचना प्रविधि (आईटी) विषयमा तीनवर्षे अध्ययन सफलतापूर्वक पूरा गरेका छन् ।
साइबर सुरक्षा, डिजिटल सुरक्षा र सूचना प्रविधिमा केन्द्रित उक्त शैक्षिक कार्यक्रम पूरा गरेसँगै तामाङले सम्बन्धित क्षेत्रमा आवश्यक व्यावसायिक ज्ञान र दक्षता हासिल गरेका छन् ।
सूचना प्रविधि र साइबर सुरक्षाको महत्व विश्वव्यापी रूपमा बढिरहेका बेला प्रज्वल तामाङको यो शैक्षिक उपलब्धिलाई रुवी भ्यालीका लागि पनि गर्वको विषयका रूपमा हेरिएको छ ।











