२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

अमेरिकास्थित फ्लोरिडा विश्वविद्यालयबाट धादिङका डा. सुरज गुरुङले पीएचडी उपाधि हासिल गरे

भावी पुस्तालाई उच्च शिक्षा, अनुसन्धान तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास

अमेरिकास्थित फ्लोरिडा विश्वविद्यालयबाट धादिङका डा. सुरज गुरुङले पीएचडी उपाधि हासिल गरे

धादिङ, साउन २६ – धादिङको नीलकण्ठ नगरपालिका–१४, गहतेछाप जन्मघर भई हाल अमेरिकामा बसोबास गर्दै आउनुभएका डा. सुरज गुरुङले अमेरिकास्थित फ्लोरिडा विश्वविद्यालय (University of Florida) बाट खाद्य तथा स्रोत अर्थशास्त्र (Food and Resource Economics) विषयमा विद्यावारिधि (PhD) हासिल गर्नुभएको छ।

हरि गुरुङ तथा मिना गुरुङका सुपुत्र डा. गुरुङको यो उपलब्धिलाई व्यक्तिगत सफलता मात्र नभई सम्पूर्ण गुरुङ समुदाय तथा धादिङ जिल्लाकै गौरवका रूपमा हेरिएको छ। उच्च शिक्षाको क्षेत्रमा उहाँले हासिल गर्नुभएको यो ऐतिहासिक सफलताले अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा नेपाली युवाको क्षमता र पहिचानलाई थप उचाइमा पुर्‍याएको विश्वास गरिएको छ।

यस उपलब्धिप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै धादिङ तमू समाज काठमाण्डाै उपत्यकाले डा. गुरुङको शैक्षिक यात्राले भावी पुस्तालाई उच्च शिक्षा, अनुसन्धान तथा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा अघि बढ्न प्रेरणा दिने विश्वास व्यक्त गरेको छ।

संस्थाले जारी गरेको शुभकामना सन्देशमा, “तपाईंले हासिल गर्नुभएको यो ऐतिहासिक शैक्षिक सफलताले हाम्रो सिङ्गो गुरुङ समाज र समुदायको गौरव बढाएको छ। तपाईंको उत्कृष्ट यात्रा आगामी पुस्ताका लागि सधैं प्रेरणाको स्रोत बनिरहनेछ,” उल्लेख गरिएको छ।

डा. सुरज गुरुङलाई यस महत्वपूर्ण उपलब्धिका लागि विभिन्न संघ–संस्था, शुभेच्छुक तथा समुदायका सदस्यहरूले हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।