२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रधानमन्त्रीको विषयमा भ्रामक सामाचार संप्रेषण गर्ने अनलाइनका सम्पादक पक्राउ

प्रधानमन्त्रीको विषयमा भ्रामक सामाचार संप्रेषण गर्ने अनलाइनका सम्पादक पक्राउ

कार्तिक १५, धादिङ
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार संम्प्रेषण गर्ने काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ अस्थायी बसोबास गर्ने र स्थायी स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो ।

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका सम्पादक मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसूरअन्तर्गत कारवाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । यस्ता भ्रमपूर्ण, झुटो समाचार तथा सन्देश संम्प्रेषण नगर्न नगराउन पनि प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ । पछिल्लो समय देशैभर भ्रामक र गलत सन्देश प्रचार गर्नेहरुलाइ प्रहरीले पक्राउ गर्ने कार्यलाइ तिव्रता दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।