कार्तिक १५, धादिङ
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यसम्बन्धी झुठो तथा भ्रमपूर्ण समाचार संम्प्रेषण गर्ने काठमाडाँै कागेश्वरी मनहरा नगरपालिका–८ अस्थायी बसोबास गर्ने र स्थायी स्याङ्जा हरिनाथ गाउँपालिका–६ का ४६ वर्षीय हरिप्रसाद मानन्धरलाई प्रहरीले पकाउ गरी आज सार्वजनिक गरेको हो ।

पाथीभरा अनलाइन डटकममा प्रधानमन्त्रीविरुद्ध भ्रमपूर्ण समाचार सम्प्रेषण गरेपछि उक्त अनलाइनका सम्पादक मानन्धरलाई पक्राउ गरी विद्युतीय अपराध तथा कसूरअन्तर्गत कारवाही शुरु गरिएको महानगरीय प्रहरी अपराध महाशाखा टेकुले जनाएको छ । यस्ता भ्रमपूर्ण, झुटो समाचार तथा सन्देश संम्प्रेषण नगर्न नगराउन पनि प्रहरी महाशाखाले सबैमा अनुरोध गरेको छ । पछिल्लो समय देशैभर भ्रामक र गलत सन्देश प्रचार गर्नेहरुलाइ प्रहरीले पक्राउ गर्ने कार्यलाइ तिव्रता दिएको छ ।

Facebook Comments