कात्तिक १५ ।
पाराग्लाइडिङ विश्वकप आजदेखिसुरु हुँदैछ । स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११ डौवा फाँटसम्म हुने पाराग्लाइडिङ विश्वकपमा विभिन्न देशका ९८ पाइलटले प्रतिस्पर्धा गर्दैछन् ।

हालै इन्डोनेसियामा भएको एसियन गेम्समा पाराग्लाइडिङतर्फ रजत पदक जित्न सुफल नेपालले आफ्नै देशमा पहिलो पटक पाराग्लाईडिङको एक्युरेसी विश्वकप गर्न लागेको हो ।प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा महिला र पुरुषतर्फ एकल र टिम गरी कूल चार विधामा १४ स्वर्ण पदकका लागि खेलहरु हुनेछन् । प्रतियोगिता चार दिनसम्म चल्नेछ ।

Facebook Comments