२०८३ कार्तिक १४, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पाराग्लाइडिङ विश्वकप सुरु हुँदै

पाराग्लाइडिङ विश्वकप सुरु हुँदै

कात्तिक १५ ।
पाराग्लाइडिङ विश्वकप आजदेखिसुरु हुँदैछ । स्याङ्जाको भिरकोट नगरपालिका–५ माहापुरस्थित स्वरेक मैदानदेखि वालिङ नगरपालिका–११ डौवा फाँटसम्म हुने पाराग्लाइडिङ विश्वकपमा विभिन्न देशका ९८ पाइलटले प्रतिस्पर्धा गर्दैछन् ।

हालै इन्डोनेसियामा भएको एसियन गेम्समा पाराग्लाइडिङतर्फ रजत पदक जित्न सुफल नेपालले आफ्नै देशमा पहिलो पटक पाराग्लाईडिङको एक्युरेसी विश्वकप गर्न लागेको हो ।प्रतियोगिताका लागि भारत, पाकिस्तान, जापान, चीन, कोरिया, अमेरिका, क्यानडालगायत २१ देशका खेलाडीले नाम दर्ता गराएका छन् । प्रतियोगितामा महिला र पुरुषतर्फ एकल र टिम गरी कूल चार विधामा १४ स्वर्ण पदकका लागि खेलहरु हुनेछन् । प्रतियोगिता चार दिनसम्म चल्नेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।