२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गड्यौली टारमा दुई वर्षभित्र विद्युत्– मन्त्री गुरुङ

गड्यौली टारमा दुई वर्षभित्र विद्युत्– मन्त्री गुरुङ

कात्तिक २८ ।

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री एवं नेकपा स्थायी समिति सदस्य किरण गुरुङले तनहुँ जिल्लाको घिसिङ गाउँपालिका–४ गड्यौलीटारलाई दुई वर्षभित्र विद्युतीकरण गरिने बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घिसिङ गाउँपालिका–४ गड्यौली तनहुँद्वारा आज आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उहाँले वर्षौंदेखि नवलपुरको डेढ गाउँ र आसपासमा बत्ती बलेको टुलुटुलु हेरेर बस्न बाध्य स्थानीय बासिन्दाले छिट्टै विद्युत् सेवा उपयोग गर्न पाउने बताउनुभयो ।

सो क्षेत्रको विद्युतीकरणको लागि सङ्घीय सरकारको रु एक करोड ३५ लाखको लागतबाट दुई वटा सवस्टेशन निर्माण भइरहेको, गाउँपालिकाले रु ५० लाखमा नौ वटा ट्रान्फर्मर खरीद प्रक्रिया अगाडि बढेको जानकारी दिँदै मन्त्री गुरुङले भन्नुभयो, “लाइन विस्तारमा प्रदेश सरकारको सहयोग रहनेछ, दुई वर्षभित्र प्रदेशका ११ वटै जिल्लाका सबै घरमा उज्यालो पु¥याउने प्रदेश सरकारको लक्ष्य छ ।’’ उहाँले भन्नुभयो, ‘‘उच्च जोखिममा रहेका काठेपोल विस्थापित गरी फलामे पोल विस्तार गरिनेछ ।”

नेकपा जिल्ला संयन्त्र सदस्य बिष्णुभक्त सिग्देलले शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, विद्युत् जस्ता जनताका आधारभूत आवश्यकता पूरा गर्न मुलुकका तीनवटै सरकारको पहिलो प्रथमिकतामा रहनुपर्नेमा जोड दिनुभयो ।

घिसिङ गाउँपालिकाका उपाध्यक्ष सरास्वती सिग्देलले जनताका अपेक्षालाई एकै पटक सम्बोधन गर्न नकिएपनि आवश्यकताअनुसार विकास निर्माणका काम अगाडि बढाएको बताउनुभयो । तनहुँको भीमाददेखि ३१ किलोमिटरको दूरीमा कालीगण्डकी नदीको किनारामा अवस्थित कुमाल समुदायको बाहुल्यता रहेको उर्बर भूमि गड्यौलीटारमा सिँचाइको सुविधा पुग्न सकेको छैन । (रासस)

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।