कार्तिक २९, धादिङ ।
नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा रहेको पाल्पा सामारी भञ्ज्याङ माध्यामिक विद्यालयलाइ  विधुतिय  फिल्टर सहितको पिउने पानीको ट्याङकी प्रदान गरिएको छ ।

अन्र्तराष्ट्रिय स्काउट विद्यार्थी समुह (यु.ए.ई) दुबैको आर्थीक सहयोग तथा स्थानीय पर्यटन व्यावसायि राजेन्द्र प्रसाद सुवेदिको समन्वयमा विद्यालयलाइ फिल्टर सहितको ट्याङकी प्रदान गरिएको हो । ५०० लिटर क्षमताको ट्याङकीमा जडान गरिएको फिल्टरले प्रति घण्टा दुईसय पचास लिटर पानी फिल्टर गर्ने जनाएको छ । यो  सहयोग करिब ३ लाख रुपैंया बराबरको भएको व्यावसायी सुवेदिले जानकारी दिनुभयो ।

पानी ट्याङकी, पानी सफागर्ने विद्युतिय फिल्टर, पानी तान्ने मोटर सहित कक्षा एकदेखि कक्षा तीनसम्म अध्यायन गर्ने ४२ जना विद्यार्थीहरुलाइ पानी पिउने बोतल पनि प्रदान गरिएको छ ।

वि.स. २०१२ सालमा स्थापना भएको यस विद्यालयमा विद्युतिय फिल्टर सहितको पानी ट्याङकी जडान भएसँगै विद्यालयमा अध्यायन गर्ने ३०० जना विद्यार्थी र शिक्षकहरुको लागी ठूलो राहत मिलेको छ ।

साथै पानीबाट सर्ने विभिन्न किसिमका रोगहरुबाट बँच्न सकिने विद्यालयका शिक्षक टिका श्रेष्ठले  बताउनुभयो । पर्यटन व्यावसायि एवंम समाजसेवि सुवेदिले यस अघि पनि त्यस वडाभित्र रहेका अन्य विद्यालयहरुमा व्यक्तिगत एवंम संस्थागत रुपमा विभिन्न किसिका सहयोगहरु गर्दै आइरहेको छ ।

Facebook Comments