कार्तिक १९, धादिङ ।
प्रतिनिधी तथा प्रदेश सभा निवार्चन नजिकिए सँगै धादिङमा चुनावी अभियानलाई राजनितिक दलहरुले तिव्रता दिएका छन् ।

प्रदेशसभा तथा प्रतिनिधी सभा निवार्चनको लागी वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका हुन् । निर्वाचनको लागी उम्मेदवारी दिएका नेता तथा कार्यकर्ता चुनावी सभा लिएर गाउँगाउँमा पसेका छन् ।

यसैक्रममा नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित बाम गठबन्धनले धुनिबेशी नगरपालिका वडा नम्बर ३ मा वडा स्तरिय चुनावी कार्यक्रम गरेका छन् । धादिङको प्रदेशसभा १ (क) बाट उम्मेदवार दिनुभएका नेकपा एमालेका नेता तथा कार्यक्रमका प्रमुख अतिथी राजेन्द्र प्रसाद पाण्डेले नगरपालिकाको विकासका लागि वाम गठबन्धनको तर्फबाट आफुले जस्तोसुकै पहल गर्न पनि तयार रहेको बताउनुभयो । उहाँले भिमढुङ्गा लामीडाँडा सडक आफुले नै सुरु गरेको र अहिले पनि यसको स्तरोन्नतीको काम भैरहेको बताउनुहुँदै पार्टी एकतापछि यसलाई अझै तिव्रता दिईने बताउनुभयो ।

यस्तै धादिङ प्रतिनिधी सभा १ को बाम गठबन्धनको तर्फबाट उम्मेदवार एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले वामपन्धी उम्मेदवारलाई चुनाव जिताउन अनुरोध गर्दै पार्टी एकता हुनेमा कुनै सँका नगर्नमा सहभागीलाई अनुरोध गर्नुभयो ।

यस्तै धादिङको प्रदेशसभा १ (ख) बाट उम्मेदवार दिनुभएका नेकपा माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जमकट्टेलले आफुले जितेपछि धादिङको विकासका लागि काम गर्ने बताउनुभयो ।

यस्तै लोकतान्त्रिक गठबन्धनले पनि धादिङका विभिन्न ठाउँमा चुनावी सभा गरिरहेका छन् ।

धादिङमा रहेको २ वटा प्रतिनिधी सभा र ४ वटा प्रदेश सभाको लागी विभिन्न राजनितिक दलहरुले आ आफ्ना उम्मेदवारी दिए सँगै गठबन्धनका नेता तथा कार्यकताहरु चुनावी कार्यक्रममा व्यस्त देखिएका छन् । आगामी निर्वाचनमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धन विच धादिङमा कडा प्रतिष्पर्धा हुने देखिएको छ ।

Facebook Comments