
कात्तिक १९, धादिङ ।
दुई थान भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय धादिङले एकजनालाई पक्राउ गरेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ खुर्पेखोलाका ४६ वर्षीय पुलबहादुर थापा मगरलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका थापालाई हातहतियार खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताउनुभयो ।
मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।
साथै प्रहरीले हातहतियार बुझाउन आह्वान पनि गरेको छ ।