२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

प्रहरीले सुरक्षा सर्तकता बढाउँदै, शनिबार निलकण्ठ नगरपालिकाबाट दुईथान बन्दुक सहित एकजना पक्राउ

प्रहरीले सुरक्षा सर्तकता बढाउँदै, शनिबार निलकण्ठ नगरपालिकाबाट दुईथान बन्दुक सहित एकजना पक्राउ

कात्तिक १९, धादिङ ।
दुई थान भरुवा बन्दुकसहित जिल्ला प्रहरी कार्यालय धादिङले एकजनालाई पक्राउ गरेको छ ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं १३ खुर्पेखोलाका ४६ वर्षीय पुलबहादुर थापा मगरलाई शनिबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
पक्राउ परेका थापालाई हातहतियार खरखजना ऐन अन्र्तगत मुद्धा दर्ता गरिएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी निरीक्षक राजेन्द्र थापाले बताउनुभयो ।

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गरि प्रहरीले सुरक्षा सर्तकता बढाएको छ ।
साथै प्रहरीले हातहतियार बुझाउन आह्वान पनि गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।