कार्तिक १९, धादिङ ।
केहि दिनदेखी सदरमुकाम धादिङवेशींमा भुस्याहा कुकुरले आतंक मच्चाएको छ । सदरमुकाम धादिङवेशीं र आसपासका क्षेत्रहरुमा बाटोमा हिड्दै गरेका मान्छे होस् या घरमा पालेका पशुचौंपाया सबैलाई टोक्न थालेसी स्थानियहरु चिन्तित बनेका छन् । अहिले सम्म कुकुरले मानिस र पशुगरि २५ लाई टोकीसकेको निलकण्ठ नगरपालिका वडा नम्बर ३ का प्रकाश श्रेष्ठले बताउनुभयो । ‘घरमा पालेको दुहुनो गाईभैसीलाई टोेकेपछि रेविज विरुद्धको भ्याक्सीन लगाएता पनि दुध भने खान छाडिदिएको’ –श्रेष्ठले दुखेसो पोख्नुभयो । मानिस तथा गाइभैसीलाई कुकुरले टोकेमा रेविज विरुद्धको भ्याक्सिन लगाउने गरेतापनि कुकुरको चेकजाँच भने नगरेको निलकण्ठ नगरपालिकाका पशु विकास सेवा शाखाका नायव पशु सेवा प्राविधीक सुवास खतिवडाले जानकारी दिनुभयो । केही समय अगाडि साप्ताहिक घरमा पालेका कुकुरहरुको निशुल्क चेकजाचँ गर्ने कार्यक्रम पनि सञ्चालन गरिएको उहाँले बताउनुभयो । बजारमा हिड्ने भुस्याहा कुकुरलाई पशु सेवा केन्द्र सम्म कोही कसैले नलैजाने हुनाले उपचार गर्न पनि केही कठिन भएको उहाँको भनाई छ । समान्यतय कुकर, विरालोहरुमा रेविजको संक्रमण हुने हुनाले कुकुरले मानिस वा पशुलाई टोकेमा उनीहरुमा पनि रेबिज रोग लाग्ने भएकोले सबैलाई सचेत रहन खतिवडाले आग्रह गर्नुभएको छ । त्यसैगरी रेबिज लागेको कुकुरबाट अन्य घरपालुवा कुकुरहरुलाई टोकेमा रेबिज सर्ने भएकोले भ्याक्सिन लगाउन खतिवडाले सुझाव दिनुभएको छ । रेबिज लागेको कुकुरमा ¥याल काढ्ने, बस्तुभाउलाइ टोक्ने, पुछार खुट्टा मुनि लैजाने, पानी देखि तर्सिने, हिड्दा लर्खराउने लगायतका लक्षण देखा पर्ने गर्दछ ।

Facebook Comments