मंसिर ३, धादिङ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले पुन सचिवालय बैठक बोलाएको छ । दुई अध्यक्ष एवंम प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच शुक्रबार भएको छलफलपछि पार्टी सचिवालय बैठक बोलाउने निर्णय भएको हो । बैठक यहि मंसिर ६ गते बिहिबारका लागि डाकिएको हो । नेकपाको नियमित तथा तोकियको समयमा सचिवालय र स्थायी समितिको बैठक बस्न सकेको छैन । दुई ठूला कम्युनिष्ट पार्टी एकता प्रक्रियाको ६ महिना बितिसक्दा तल्लो तहसम्म एकता हुन सकेको छैन । तीन महिनाभित्र तल्लो तहसम्मको पार्टी कमिटी र जनवर्गीय संगठनको एकता प्रक्रिया टुंगो लगाइसक्ने बताए पनि आजसम्म टुङगीएको छैन ।

यहि मंसिर ६ गते बस्ने सचिवालय बैठकले स्थायी समितिका बैठकका एजेन्डा र मिति निर्धारण गर्ने जनाएको छ । सचिवालय बैठक बसेको दुई दिनभित्र स्थायी समितिको बैठक बोलाउने तयारी नेकपाले गरेको छ । सचिवालय बैठकले प्रदेश कमिटीको पूर्णता, जिल्ला संगठन गठन, केन्द्रीय सदस्यको कार्य विभाजन, जनवर्गीय संगठनहरुको एकता, लगायतका प्रस्ताव तयार गर्ने र त्यसपछिको स्थायी समिति बैठकबाट अनुमोदन गराउने तयारी भएको नेकपाका नेताहरुले बताउनुभएको छ । प्रदेश कमिटी सदस्यको चयन र केन्द्रीय सदस्यको कार्य विभाजन लगाएतका प्रस्तावहरु तयार पार्न गत कात्तिक ७ को सचिवालय बैठकले सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा र महासचिव विष्णु पौडेल सहितको दुई सदस्यीय कार्यदल गठन गरेको थियो । दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएपछि गत कात्तिक ७ गते यता सचिवालय बैठक र असार २१ गते यता स्थायी समितिको बैठक बस्न सकेको छैन । यस अघि तोकिएको समयमा बैठक नहुँदा पार्टीका नेताहरुले सार्वजनिक रुपमा असन्तुष्टि जनाइरहेको छ ।

Facebook Comments