मंसिर १३, धादिङ ।
श्रोत परिचालन वचत तथा ऋण सहकारी संस्था लि.ले यहि मंसिर २१ गते सदरमुकाम धादिङवेशीं स्थित क्याम्पस चोकमा रक्तदान कार्यक्रम गर्ने भएको छ । ”आजको आवश्यकता, रक्तदानमा यूवाहरुको जनसहभागीता” भन्ने मुलनाराका साथ वृहत खुल्ला रक्तदान कार्यक्रमको आयोजना हुन लागेको हो ।

यूवा तथा वालवालिका उपसमिति श्रोत सांङ्कोष धादिङको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको आयोजना हुन लागेको हो । काठमाण्डौंका विभिन्न अस्पतालहरुमा रगतको चरम अभाव भएकाले रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको समाजसेवी एवं नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङका नारायण कुमार श्रेष्ठले जानाकारी दिनुभयो ।

त्यस्तैगरि २२ गते धादिङ महोत्सव स्थल चरौदिमा र २४ गते त्रिपुरा सुन्दरी माईको जात्रामा रक्तदान कार्यक्रमको आयोजना हुन लागेको समाजसेवी श्रेष्ठले बताउनुभयो । श्रावण १ देखि अहिलेसम्म नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङले ५ सय १९ पोका रगत जम्मा गरेर घाईते विरामीलाई वितरण गरिएको छ ।

यो आर्थिक वर्ष भित्र २ हजार पोका रगत जम्मा गर्ने लक्ष्य रहेकाले सम्पूर्ण महानुभावहरुमा रगत दान जीवन दान महत्वपूण अभियानमा सहयोग गरिदिनु हुन अनुरोध पनि गर्नुभएको छ ।

Facebook Comments