मंसिर १४ ।
युक्रेन र रुसबीच विवाद बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको प्रस्तावित बैठक रद्द गर्नु भएको छ ।
ट्रम्पले जी–२० सम्मेलनका क्रममा हुने तय भएको पुटिसँगको वार्ता रद्द गरेको बताउनुभयो । उहाँले रुसले नियन्त्रणमा लिएको युक्रेनको पानी जहाज फिर्ता नपठाएकाले पुटिनसँग वार्ता नहुने स्पष्ट पार्नुभयो । गत आइतबार क्राइमिया प्रायःद्वीपमा रुसी सेनाले युक्रेनको जहाजमाथि फायरिङ गर्र्दै नियन्त्रणमा लिएको थियो ।
यसैबीच, जर्मन चान्सलर एन्जेला मर्केलले पनि यो घटनामा रुस जिम्मेवार रहेको आरोप लगाउनु भएको छ । जी–२०सम्मेलन आजदेखि अर्जेन्टिनामा सुरु हुँदैछ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले खबर लेखेका छन् ।











