मंसिर २४,धादिङ

नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता नारायणकाजि श्रेष्ठले गत मंसिर २२ को सचिवालय बैठक पार्टिका दुई अध्यक्ष सहित केहि नेताहरु समयमा नै बैठकमा उपस्थित नभएका कारण बैठक कक्षबाट आफुहरु बाहिरिएको बताउनुभयो । हिजो साँझ सदरमुकाम धादिङबेसिमा पत्रकारहरुसँगको भेटमा नेता श्रष्ठले बैठक बहिष्कार भने नगरिएको पनि बताउनुभयो । कम्युनिष्ट पार्टिलाइ वैज्ञानिक, व्यवस्थित, जिम्मेवार र समयको महत्वलाई ध्यानमा राखि अन्र्तराष्ट्रिय मुल्य, मान्यता वा विधि र पद्धती अनुसार पार्टिको नियमित गतिविधि सञ्चालनको लागि विभिन्न समयमा पार्टिमा बहस र छलफल गरि समयमानै बैठक र कार्यक्रम सञ्चालन गर्ने सहमति भए अनुसार आफूहरु बाहिरिएको बताउनुभयो । केहि नेताहरु बैठकमा उपस्थित भएको र पार्टीका दुई अध्यक्ष लगायतका नेताहरु तोकिएको समयमा उपस्थित नभएका कारण आफूहरु बैठक स्थलबाट बाहिरिएको पनि उहाँले बताउनुभयो ।

त्यसै गरि नेता श्रेष्ठले वर्तमान कम्युनिष्ट पार्टीको सरकारले केहि महत्वपूर्ण र राम्रो कामको सुरुवात गरेको तर यत्तिमा नै पूर्ण सन्तुष्ट हुने अवस्था नरहेको भन्दै अझै सरकारले कामको मुल्याङकन र समिक्षा गर्दै गुण वा दोषको आधारमा व्यापक सुधार गरी प्रभावकारी र परिणाममुखि ढंगबाट काम गर्दै अघि बढ्नुपर्ने बताउनुभयो । अर्को एक प्रसंगमा नेता श्रेष्ठले आगामी मंसिर २९ गतेका लागि स्थायी कमिटिको बैठक बोलाएको र उक्त बैठकबाट पार्टिले महत्वपूर्ण निर्णयहरु गर्ने पनि बताउनुभयो । आगामि बैठकबाट केन्द्रदेखि, जिल्ला तहसम्म पार्टिको संरचना निर्माण सम्बन्धि निर्णय गर्ने, सरकारको समग्र काम कारबाहिको मूल्याङकन गर्ने, पार्टिको विभिन्न जनवर्गीय संगठनहरुको एकिकरण प्रकृया पुरा गर्ने, र पार्टिका केन्द्रिय कमिटिका नेताहरुलाइ थप जिम्मेवारि दिने कुराहरुकोे निर्णय गरि पार्टिलाइ संगठित र बलियो बनाउने नेता श्रेष्ठले बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टिका प्रवक्ता श्रेष्ठ आज त्रिपुरा सुन्दरी गाउँपालिमा हुने त्रिपुरासुन्दरी माईको मेला उद्घाटन तथा त्रिपुरासुन्दरी खुल्ला फुटबल प्रतियोगिता समापनको लागि हिजो साँझ सदरमुकाम धादिङबेसि आउनुभएको थियो ।

Facebook Comments