पौष ४, मलेखु धादिङ ।
प्रदेश नं.३ का मुख्य मन्त्री डोरमणी पौडेलले देश समृद्ध हुनका लागी हरेक नागरिक सम्पन्न हुन आवश्यक रहेको बताउनुभएको छ ।
धादिङको सिद्धलेक गाँउपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै मुख्य मन्त्री पौडेलले देश संवृद्ध वनाउन वोलेर मात्र नहुने बताउनुभयो । कार्यक्रममा वोल्दै मुख्यमन्त्री पौडेलले देश विकास र संवृद्ध वनाउन शिक्षा श्वास्थ्य ररहन सहनमा समेत परिवर्तन ल्याउन आवश्यक रहेको समेत बताउनुभयो ।

अझैपनी कतिपय स्थानमा जनताहरुले स्वास्थ्य चौकि जाने बाटोसमेत नपाएको र सिटामोल किनेर खाने हैसियत समेत नभएकाले अव राज्यले त्यस तर्फ ध्यान दिन आवश्यक रहेको उहाँको भनाई थियो । कार्यक्रममा वोल्दै मुख्य मन्त्री पौडेलले निर्वाचनको वेला आफुहरुले गाँउगाँउमा सिंहदरवारको नारा वोकेको र अहिले सोहि अवधारणा अनुसार राज्यकै ३ तहको सरकार निर्माण गरेको समेत बताउनुभयो ।

 

 

हाल स्थानिय सरकारको रुपमा रहेको स्थानिय तह शक्तीशाली रहेको र स्थानिय सरकार आफैमा स्वायत्त रहेको समेत बताउनुभयो ।
सिद्धलेक गाउँपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्नको लागी ३ नं.प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेल वुधवार धादिङको वुङचुङ आउनुभएको हो ।

सिद्धेलक गाउँपालिकाले निर्माण गरेको १ रोपनी ८ आना क्षेत्रफलमा गाउँपालिकाको आन्तरिक कोषबाट २ करोडको लागतमा अपाङमैत्री, सोलार प्यानल जडित तथा कर्मचारी आवास सहितको सुविधा सम्पन्न १६ कोठे पक्कि भवन निर्माण गरेको छ । भवन निर्माण गरेसंगै सिद्धेलक गाउँपालिका धादिङको १३ स्थानीय तह मध्यकै आफ्नै भवन भएको पहिलो गाउँपालिका समेत वनेको छ ।

Facebook Comments