२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

बेलको ह्याट्रिकमा रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा

बेलको ह्याट्रिकमा रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा

पौष ५ ।

ग्यारेथ बेलको ह्याट्रिकमा रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि रियलले यूएईको अल एइनसँग खेल्ने भएको छ ।

बुधबार राति आबुधावीमा भएको खेलमा रियलले कासिमा एन्टलेर्सलाई तीन एकले हरायो । खेलको ४० मिनेटसम्म गोलरहित बराबरी भएको खेलमो ४४ औं मिनेटमा बेलले गोल गर्दैै टिमलाई अग्रता दिलाए । पहिलो हाफमा एकगोलले अगाडी रहेको रियलले दोस्रो हाफमा दुई गोल थप्यो । ५३ औं मिनेटमा पुनः वेलले नै रियलका लागि गोल गरे ।

कासिमाको डिफेन्सको कमजोरीको फाइदा उठाउँदै रियलले गोल गर्न सफल भए । त्यसको दुई मिनेटपछि मर्सेलेको पासमा फेरी वेलले ब्यक्तिगत ह्याट्रिक पूरा गरे भने टिमलाई तीन शुन्यको अग्रता दिलाए ।

७० औं मिनेटमा कासिमाका लागि सोमा डोइले एक गोल फर्काएपछि हार टार्न सकेनन् । जारी प्रतियोगितामा बेलले गोल सख्या ६ पुर्‍याएका छन् ।

तर उनले फाइनल खेल खेल्नेमा भने शंका उब्जिएको छ । खेलको एक घण्टा छुनै लाग्दा उनी एंकलमा चोट बोक्दै मैदानबाट बाहिरीएका थिए । लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको रियललाई वेलको चोटले ला लिगमा पनि दबाव बढेको छ । त्यसभन्दा अगाडि शनिबार हुने क्लब विश्वकपको फाइनलमा वेल खेल्ने नखेल्ने भन्ने टुंगो छैन ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।