
पौष १० ।
भोकालाई एक छाक खाना होइन जीवन जिउने जुक्ति पनि सिकाउँ भन्ने नारा सहित सिद्धलेक सानाकिसान सवलिकरण परियोजना अन्तरगतको आधासिला तालिम लालीगुरास स्वाबलम्बी महिला समुहमा सोमबार सम्पन्न भएको छ ।
सिद्धलेक गाउँ पालिका वडा नं ४ फागफुगमा आयोजना गरिएको आधारशिला तालिम सोमबार सकिएको हो । ४ दिनसम्म सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बिच समापन भएको छ । तालिम समापन अवसरमा बोल्दै प्रयास नेपाल धादिङका कार्यकारी निर्देशकले महिलाहरु सम्पन्न भएमात्र घर परिवार र समाज सम्पन्न हुने धारणा राख्नुभयो ।
सिद्धलेक गाउँपालिका,हेफर इन्टरनेशनलसंग साझेदारी गरेर कार्यक्रम सञ्चालन गरेकोले गाउँपालिका कै कार्यक्रम भएको बतउनु भयो । प्रयास नेपालले विकास साझेदारसँग समन्वय तथा गाउँपालिकासँग सहकार्य गरि पालिकाको आवधिक योजना सम्पन्न गर्न गाउँपालिकालाई सहयोग गरेको पनि कार्यकारी निर्देशक अर्यालले बताउनु भयो ।
कार्यक्रम जीवन जिउने जुक्ति सहित सीप विकास , महिला शसक्तिकरण र बाख्रापालन तथा कृषिमा आधुनिकिकरण गरि आयआर्जन वृद्धि गर्दै समृद्ध समाज निर्माण गर्न सञ्चालन गरिएको धारणा राख्नुभयो । तालिम समापन कार्यक्रममा प्रयास नेपालका कार्यक्रम संयोजक गणेश बिक र सामुदायिक सहजकर्ता एकराज पण्डितलेले तालिममा सिकेका सीपलाई व्यवहारमा उतार्न सहभागिहरुसंग आग्रह गर्नुभयो ।
४ दिनसम्म सञ्चालन भएको तालिममा १२ ओटा आधारशीला र आयआर्जन वृद्धिका विषयमा छलफल भएको प्रयास नेपालका पशु स्वास्थ्य प्राविधिक इश्वरी कोइरालाले जानकारी दिनुभयो । समापनकार्यक्रममा अनुभव राख्दै सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम संचालन पछि आफुलाई निक्कै परिवर्तन गराएको सचेतना अभिबृद्धि र बाख्रापालनको माध्यमबाट आम्दानी बृद्धि भएको फुलबारी स्वाबलम्बी समुहको कोषाध्यक्ष बिष्णुमाया पुरिले बताउनु भयो ।