पौष १०, धादिङ ।
पृथ्वीलोक मार्ग अन्र्तरगत धादिङ बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ५ भैसेगौडा स्थित कार दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।
बुटवलबाट काठमाण्डौ तर्फ जादै गरेको बा १४ च ९८०० नम्बरको कार अनियन्त्रित भई सडकबाट अन्दाजी ६० मिटर तल खस्दा कारका चालक बारा निजगढ नगरपालिकान ५ बस्ने ३० वर्षिय अमृत भण्डारी घाईते हुनुभएको हो । घाईते भण्डारीको गजुरी अस्पतालमा उपचार भईरहेको छ ।
कार चालकलाई उद्दार गर्ने क्रममा ट्राफिक प्रहरी पोष्ट बेनिघाटमा कार्यरत प्रहरी हवल्दार सुरेश बहादुर चन्द घाईते भई स्थानिय मेडिकलमा उपचार पश्चात कार्यालयमा फिर्ता भएको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ । प्रहरी हवल्दारको टाउकोमा ५ वटा टाका लगाएको छ ।