
फागुन ९, धादिङ ।
प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान अन्र्तगत छोरी शिक्षा बीमा मुद्दती बचत खाताको आज राष्ट्रपति विद्यादेवी भण्डारीले शुभारम्भ गर्नुभएको छ । वीरगञ्जको त्रिजुद्ध माध्यमिक विद्यालयमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले माता जानकीजस्ता विभूति जन्मेको हाम्रो देशमा राष्ट्र, राष्ट्रियता र संस्कृतिप्रति गौरव गर्ने वातावरण तयार पारी छोरी शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभयो । राष्ट्रपति भण्डारीले “आजका छोरी भोलि देशको जिम्मेवार नागरिक भएकाले छोरीलाई अनिवार्य शिक्षा दिनु आजको आवश्यकता भएको र शिक्षाको ज्ञानबाटमात्र सुदृढ संस्कृतिको जगमा उभिन सक्ने कुरामा जोड दिनुभयो । प्रदेश नं २ सरकारले सो अभियानका लागि आर्थिक वर्ष २०७५ । ०७६ मा करीब रु. ८९ करोड रुपैंया विनियोजन गरेको छ । प्रदेश नं २ को केहि क्षेत्र र समुदायमा छोरा र छोरीलाइ औपचारीक शिक्षा प्रदान गर्ने कुरामा अझै पनि विभेद कायम रहेको पाईन्छ ।