
कात्तिक २६, धादिङ ।
गजुरी गाउपालिका वडा नम्वर ३ वडारेमा रहेको वडारी सामुदायिक स्स्वास्थ्य इकाइलाइ पुन: सन्चालनमा ल्याइएको छ ।
गजुरी गाउँ पालिका वडा नम्वर १,२ र ३ लाई पुर्ण खोप घोषणा कार्यक्रमको अबसरमा निस्शुल्क स्वास्थ्य शिबिरको आयोजना गरि सामुदायिक स्वास्थ्य इकाइको उद्घाटन गरिएको हो । निशुल्क स्वास्थ्य शिविरमा ९७ जना सामान्य बिरामीले स्वास्थ्य सेवा लिएका थिए । यसै गरि सिफ्पो टु परियोजनाको सहयोगमा इम्प्लान्ट आइ यू डी परिवार नियोजन शिविर पनि सम्पन्न भएको छ । शिविरमा ७ जनाले सेवा लिएका थिए ।
स्वास्थ्य शिविरमा गजुरी गाउँ पालिका स्वास्थ्य सम्योजक डाक्टर रामहरी रेग्मी, गजुरी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर सुनिता तिमिल्सिना, डाक्टर प्रजुप डल्लाकोटी र डाक्टर निशा राइले स्वास्थ्य सेवा दिनुभएको थियो । गजुरी प्राथमिक स्वस्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पण्डितको अध्यक्षतामा भएको कार्यक्रममा गजुरी गाउपालिका अध्यक्ष राजेन्द्र विक्रम वस्नेत, उपाध्यक्ष सीता ढुङ्गाना, विभिन्न विद्द्यालयका प्रधानध्यापक, सङ्घ सस्थाका प्रमुख तथा प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो । वडारे सामुदायिक स्वास्थ्य इकाइबाट साविकको गजुरी गाविस वडा नम्वर ३,५,६,७ र ९ का बासिन्दा लाभान्वीत हुनेछन ।