
असोज १६ धादिङ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी धादिङले आयोजना गरेको शुभकामना आदान प्रदान, चियापान तथा नवगठीत १३ वटै स्थानीय पार्टी संगठन कमिटीका पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण कार्यक्रम हिजो सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डा.पुष्पराज कडेलले समग्र राष्ट्रको निर्माण र विकासको लागि योजना निर्माण र कार्यान्वयनको काम भइरहेको बताउँदै आगामी २५ वर्षमा नेपालको आर्थिक वृद्धिदर दोहोरो अंकको हुने र नेपालीको प्रतिव्यक्ति आय ५ हजार अमेरीकी डलर पुग्ने बताउनुभयो । साथै उहाँले बुढिगण्डकी जलविद्युत आयोजनाको काम स्थानीय समस्या समाधान तथा मुआब्जा वितरणको काम सकिन साथ निर्माण कार्य सुरु गरिने र धादिङको उत्तरी क्षेत्रको विकासको लागि विशेष कार्यक्रम बनाएर अघि बढ्ने र राजधानी प्रवेशको लागि वैकल्पिक राजमार्गको व्यावस्था गरिने पनि बताउनुभयो । नेपाल सरकार अहिले समृद्ध नेपाल सुखी नेपाली बनाउने उद्धेश्यका साथ हरेक दिन एक कदम अघि बढिरहेको पनि बताउनुभयो ।


नेकपा धादिङका कार्यवाहक अध्यक्ष नेत्रराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य एवंम राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कडेलको प्रमुख अतिथ्यता रहेको थियो । भने नेकपाका केन्द्रिय सदस्य, धादिङ जिल्ला इन्चार्ज तथा प्रदेश नम्बर ३ का संघिय मामिला तथा कानुन मन्त्री शालिकराम जम्मट्टेल, केन्द्रिय सदस्य तथा धादिङ जिल्ला सह इन्चार्ज तथा संघिय सांसद खेम प्रसाद लोहनी, संघिय सांसद भूमी त्रिपाठी, प्रदेश सभाका सांसद डा.रामकुमार अधिकारीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रममा सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र स्थानिय जनप्रतिनिधि,पार्टीका विभिन्न जिम्मेवारीमा रहेका नेता कार्यकर्ता शुभचिन्तक शुभेच्छुक, वुद्धिजिवि,उद्योगी,व्यवसायी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका विशेष अतिथी सालिकराम जम्मकट्टेल, खेम प्रसाद लोहनी र भुमि त्रिपाठि लगाएतका नेताहरुले जिल्लाको नव गठित सम्पूर्ण पार्टी संगठन कमिटिलाइ कार्यकाल सफलताको शुभकामना दिदै नेपाल कम्युनिष्ट पार्टी, पार्टीको विधि र विधान अनुसार गठन र सञ्चालन हुने भएको हुँदा, सोहि अनुसार सबै तहका पार्टी संगठन कमिटिहरु निर्माण र सञ्चालन गरि जनहितकारी, लोककल्याणकारी कार्यमा लाग्न सबै नेता कार्यकर्ताहरुलाइ आग्रह गर्नुभयो । साथै सारमा साबै नेताहरुले पार्टी काममा लाग्न, सबै नेता, कार्यकर्ताहरुलाइ संगठित गरि समस्या पहिचान गरि समस्या समाधानको लागि पहल कदमी गर्दै, सरकारले धेरै राम्रा काम र योजनाहरु अघि बढाइरहेको हँदा राम्रा कामहरुको विषयमा जन स्तरसम्म प्रचार गर्न निर्देशन गरेका छन् । साथै केहि साना तिना असन्तुष्टि र समस्याहरु भए विधिसंगत रुपमा पार्टीको फोरमबाट समाधान गर्न र पार्टीको निर्णय विपरित कुनै गतिविधि नगर्न,नगराउन पनि निर्देशन गरेका छन् । नेकपा धादिङले प्रत्येक वर्ष यसै गरि नेपाली धर्मालम्वीहरुको विभिन्न चाड पर्व विजया दशमी, शुभ दिपावली, छठ, नेपाल संवत, ल्होछार लगायतको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ ।
