असोज २८,धादिङ ।
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ हात्तिसुँडेमा आफ्नै घाँटीरेटी एकजनाले आत्महत्या गरेका छन् ।

आज विहान ५० वर्षिय गोपाल बहादुर ब्याजबासी मगरले तरकारी काट्ने चक्कुले घाँटी रेटि आत्महया गरेका हुन् । घाँटीरेटी घाईते भएका मगरलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी नायव उपरिक्षक रुपक खड्काले जानकारी दिनुभयो ।

घरमा गोपालको आमा र श्रीमती गम्भिर विरामी परेको कारण गोपाल मगर केहि महिना देखी तनावमा रहेको स्थानीयले बताएका छन् ।

Facebook Comments