
असोज ३० धादिङ ।
नीलकण्ठ नगरपालिकाको वडा नम्बर १ खाल्टे पात्लेमा रहेको बुद्ध भूमी युवा समाजले आयोजना गरेको प्रथम पात्ले गोल्ड कपको प्रथम उपाधि नीलकण्ठ नगरपालिका वडा नम्बर १ काउलेमा रहेको मेन्दो फेले युवा समाजले जितेको छ । यसैगरी द्धितिय उपाधि ब्वाईज यूनाइटेड धादिङबेसि, धादिङ र तृतिय उपाधि तमु समाज भुलभुलेले जितेको छ । गत असोज २४ गतेदेखि सञ्चालन भएको प्रतियोगीतामा जिल्ला भरीबाट १९ वटा टीमको सहभागीता रहेको थियो ।

प्रतियोगीताको समापन तथा पुरस्कार वितरण कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपालले प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुने टीमहरुलाइ पुरस्कार प्रदान गर्नुभएको थियो । पुरस्कार स्वरुप क्रमश नगद रु.५० हजार,रु.२५ हजार र रु.१५ हजार सहित मेडल र प्रमाण पत्रद्धारा पुरस्कृत गरिएको थियो । प्रमुख अतिथी नेपालले जिल्ला समन्वय समिती धादिङले छिट्टै कुनै एक विधामा खेलकुदको आयोजना गर्ने निर्णय गरेको र यस पटक आम नेपालीहरुले मन पराउने तथा लोकप्रीय फुटबल प्रतियोगीता नै गर्ने र त्यो नीलकण्ठ नगरपालिका वडा नम्बर १ खाल्टे पत्लेको खेल मैदानमा गर्ने पनि उद्घोष गर्नुभएको छ । प्रतियोगितामा जिल्लाको १३ वटै स्थानीय तहबाट कम्तीमा १ वटा टीमको सहभागीता गराउने र खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने बताउनुभयो ।

विशेष गरि खेलकुद पर्यटन हवका माध्यमबाट पनि खाल्टे पात्लेलाइ राष्ट्रिय तथा अन्र्तराष्ट्रिय रुपमा परिचित गराउने उद्धेश्यका साथ पाल्ते गोल्ड कप २०७६ को आयोजना गरिएको हो । साथै आन्तरिक पर्यटनको विकास, प्रवद्र्धन र नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने पूर्व तयारीको रुपमा प्रतियोगिताको आयोजना गरिएको बुद्ध भूमी युवा समाजका अध्यक्ष जीवन गुरुङले बताएको छ ।