२०८३ कार्तिक १२, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एएफसीएसियनकप छनोट फुटबल अन्तरर्गत आज नेपाल र फिलिपिन्स भिड्ने

एएफसीएसियनकप छनोट फुटबल अन्तरर्गत आज नेपाल र फिलिपिन्स भिड्ने

कात्तिक २८, धादिङ ।
एएफसीएसियनकप छनोट चरणअन्तर्गतको पाँचौ खेलमा नेपालले आज फिलिपिन्सको सामनागर्ने भएको छ । सातदोबाटोस्थितअखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको कृत्रिम मैदानमाहुने खेलमा नेपालविजयलक्ष्यका साथ मैदानमा उत्रनेछ ।

यसअघिगत चैतमा भएको अवे खेलमा नेपाल फिलिपिन्ससँग उसकै मैदानमा ४–१ गोल अन्तरले पराजितभएको थियो । त्यसपछिका तीन खेलमापनि पराजितभएको नेपाल छनोट चरणबाट गणितीय हिसाबबाट बाहिरिइसकेको छ । नेपालले दोस्रो खेलमा यमनसँग बराबरी खेलेतापनि त्यसपछिका दुई खेल ताजीकिस्तानसँग पराजितभएको थियो ।

चार खेलेको फिलिपिन्स आठ अंकका साथशीर्ष स्थानमा छ भने समान खेल खेलेको यमन ६ अंकसहित दोस्रो स्थानमा छ । त्यसैगरी ६ अंक नै जोडेको ताजिकिस्तान गोल अन्तरका आधारमा तेस्रो स्थानमा छ भने एक अंक जोडेको नेपालअन्तिम स्थानमा छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।