
कात्तिक २८, धादिङ ।
निर्वाचन आयोगमा आचार संहिता उल्लङ्घनका उजुरीको चाङ लागेको छ । प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नजिकदै गर्दा मतदातालाई आआफ्नो पक्षमापार्न आचार संहिता विपतिका कार्य गरेको भन्दै उम्मेदवार र दलविरुद्ध आयोगमा उजुरी दर्ता भएको हो । निर्वाचन आयोगमा झण्डै २ हजारको सङख्यामा आचार संहिता उल्लङ्घनको उजुरी दर्ता भएको प्रवक्तानवराज ढकालले बताउनुभयो ।
उहाँले आयोगले ती उजुरीका विषयमा कारवाही प्रक्रिया अगाडी बढाएको बताउनुभयो । सबैभन्दा धेरै उम्मेदवारले गरेको खर्च, यातायातका साधान, पोष्टर टासेको, गर्न नहुने ठाउँमा कार्यक्रम गरेको जस्ता विषयमा परको छ । परेका उजुरीका पहिलो चरणको कारवाही प्रक्रिया अघि बढेको आयोगले जनाएको छ। निर्वाचनआयोगले निर्वाचनमाक्रममाहुने मानव अधिकार उल्लंघनका घटनाका विषयमा आज मानवअधिकार आयोगकापदाधिकारीसँग छलफल गर्दैछ । आयोगले गरिरहेको अनुगमनका आधारमा छलफल हुनेछ ।