
उत्तरी रुवीभ्याली गाउँपालिकाको वडा नम्बर ४ बोराङमा निर्माण भएको २ ओटा विद्यालय विद्यालयलाई हस्तान्तरण गरिएको छ । यूनाईटेड मिशन टु नेपाल धादिङ क्लस्टर यूएमएन र हिमालय मुक्ती समाज हिम्स नेपालको साझेदारीमा निर्माण गरिएको विद्यालयको नयाँ भवन एक कार्यक्रमका विच समुदायलाई हस्तान्तरण गरिएको हो ।
१ करोड ७३ लाखमा निर्माण सम्पन्न भएको मुक्रावदेवी माध्यमिक विद्यालयको १४ कोठे पक्की भवन र २९ लाखमा निर्माण सम्पन्न भएको डुवाङ आधारभूत विद्यालयको २ कोठे पक्की भवन विद्यालय व्यवस्थापन समिति र वडा कार्यलयलाई हस्तान्तरण गरिएको केशवराज शर्माले जानकारी दिनुभयो ।

विद्यालयमा ९ लाख ८० हजारको फर्निचर सहितका कक्षा कोठा व्यवस्थापन सामाग्री पनि रहेको शर्माले जानकारी दिनुभयो । यस्तै दुवै विद्यालयमा २४ लाख ५० हजारमा शौचालय निर्माण गरिएको छ । हिम्स नेपालका अध्यक्ष जिवन तामाङको अध्यक्षतामा संञ्चालन भएको विद्यालय हस्तान्तरण समारोहमा पूर्व गृहमन्त्री वुद्धिमान तामाङको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा यूएमएनका टिम लिडर शिव अधिकारी, हिम्स नेपालका कार्यकारी निर्देशक शिलास तामाङ, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, शिक्षक विद्यार्थी, अभिभावकहरुको उपस्थिति रहेको थियो ।